×

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

images

 

काठमाडौँ, २६ कात्तिक : ललितपुर महानगरपालिका–१४ नक्खिपोटस्थित युनसान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सात महिला र तीन पुरुषलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनीहरुबाट रु एक लाख तीन हजार चार सय २० पनि बरामद गरिएको छ

यसैगरी, कालीकोट, खाँडाचक्र नगरपालिका–३ ताडी बजार बस्ने ३९ वर्षीय जगप्रसाद पाण्डेको घरमा जुवातास खेलिरहेको अवस्थामा पाण्डेसमेत ६ जनालाई पक्राउ गरिएको छ । उनीहरुबाट रु ३४ हजार एक सय ४० बरामद गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । समाचारकक्षका अनुसार चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट विभिन्न किसिमका पटाका बरामद गरिएको छ । नेपालगञ्ज र बुटवलबाट काठमाडौँ आएका बसमा निरीक्षण गर्दा विभिन्न प्रकारका पटाका बरामद गरिएको हो । ---

आइतबार​ २६ कात्तिक २०८० ०६:२२ PM मा प्रकाशित

प्रतिक्रिया