×

नेप्से दोहोरो अंकले वृद्धि

images

काठमाडौं । लगातार दुई दिन घटेको सेयर बजारमा साताको चौथो कारोबार दिन बुधबार भने दोहोरो अंकले वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक ११.३६ अंक बढेर १८६६.५२ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.४८ अंक, फ्लोट इण्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०३ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सामान्य सुधार भएको छ। अघिल्लो कारोबार दिन ५५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२३ स्टकको १४ हजार १८६ पटकको कारोबारमा ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको २० लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ५५ रुपैयाँ ५० पैसा बढेर ६०७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन महुली लघुवित्त वित्तीय संस्था र प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन एभरेष्ट बैंकको ऋणपत्रको मुल्य सर्वाधिक ९.८३ प्रतिशत घटेको छ।

बुधबार बजारमा कुल १८५ कम्पनीको सेयर किनबेच भएकोमा १४० कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा ३९ कम्पनीको घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर छ । जसमध्ये अभियान लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा महुली लघुवित्तको सेयर मूल्य ५.५१ प्रतिशत र प्रोग्रसिभ फाइनान्सको सेयर मूल्य ५.३५ प्रतिशतले वृद्धि भएको छ ।

बुधबार २६ असोज २०७९ ०३:५२ PM मा प्रकाशित

प्रतिक्रिया