×

नेप्सेमा लगातार गिरावट, २८ सयबाट ओरालो लाग्यो

images

 

काठमाडौँ । आज पनि नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से मंगलबार २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा पुगेको हो ।

आजको कारोबारमा विभिन्न ३२३ कम्पनीका एक करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५०७ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज सिटी होटलको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने समाज लघुवित्तको शेयर ४.३४ प्रतिशतले बढेको छ । त्यस्तै आज सिक्लेस हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले घटेको छ भने उन्नति लघुवित्तको शेयर ८ प्रतिशतले घटेको छ । 

आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेडको २६  करोड ७७ लाख र हिमालयन रिइन्सुरेन्सको २३ करोड ९६ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

 

मङ्गलबार २८ साउन २०८२ ०८:१४ PM मा प्रकाशित

प्रतिक्रिया