×

बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

images

काठमाडौँ । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन् । मंगलबार प्रदेश सभा बैठकमा बानियाँको विश्वासको मतको प्रस्तावको पक्षमा ६३ मत परेको थियो भने विपक्षमा २२ मत परेको थियो ।

त्यस्तै ७ सांसद तटस्थ बसेका थिए । ११० सदस्यीय बागमती प्रदेशमा मतदान प्रक्रियामा ९२ सांसद सहभागी भएका थिए ।

कांग्रेसमा आन्तरिक विवाद भएपनि अन्तिम समयमा बहादुरसिंह लामा पक्षले विश्वासको मत दिने भएपछि आजको प्रदेश सभाको बैठक शुरु भएको थियो ।

यसअघि बहादुरसिंह लामाले आफुले पछिल्लो समय मन्त्री बनाएका तीन जनालाई निरन्तरता दिने सर्तमा राजीनामा दिएको भएपनि अहिले बानियाँले सो सहमति पालना नगरेसम्म विश्वासको मत नदिने अडान लिएका थिए ।  

११० सदस्यीय बागमती प्रदेशमा कांग्रेसका ३७ र एमालेका २७ गरि ६४ सांसद रहेका छन्, जुन बहुमतभन्दा बढी छ । त्यस्तै बागमतिमा नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।

मङ्गलबार २८ साउन २०८२ ०८:०३ PM मा प्रकाशित

प्रतिक्रिया