×

पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा बेपत्ता

images

चितवन, २८ असार : नारायणगढ–मुग्लिन सडकको सिमलतामा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ ।

घटनास्थलमा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उहाँका अनुसार काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् । 

प्रारम्भिक जानकारीअनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उहाँले भन्नुभयो, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।” उहाँले  यकिन विवरण भने आई नसकेको बताउनुभयो ।  

शुक्रबार​ २८ असार २०८१ ०६:२७ AM मा प्रकाशित

प्रतिक्रिया