×

बैतडीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

images

काठमाडौं ।  बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका स्थित झौलेकमा मध्यरातमा जिप दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिए।

बैतडीको झुलाघाटबाट बझाङको बागथलातर्फ गइरहेको से१ज ७६४ नम्बरको जिप राति ११ बजे दुर्घटना भएको थियो।

जिपको पछाडि सवार केही व्यक्ति हाम फालेर जोगिएको प्रहरी उपरीक्षक शाहीले बताए। पाटन र खोड्पेको प्रहरी टोलीले अहिले उद्धार गरिरहेको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

 

मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेको छन।

जीप सवार पाँच जना सकुशल छन्। जीप खस्ने क्रममा सडकमै हामफालेका पाँचै जना सकुशल रहेको प्रहरीले जनाएको छ ।​ झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

बुधबार २९ चैत २०७९ ०७:५९ AM मा प्रकाशित

प्रतिक्रिया