×

महराका पिएसओको निधन

images

नेकपा माओवादी (केन्द्र) का नेता कृष्णबहादुर महराका पिएसओको निधन भएको छ । पूर्वसभामुख समेत रहेका महराका सुरक्षा अधिकारी (पिएसओ) नेपाल प्रहरीका सहायक निरिक्षक बुद्धिबहादुर तामाङको शनिबार ह्रदयघातबाट निधन भएको हो ।

हृदयघात भएर अस्पताल लैजाँदै गर्दा तामाङको निधन भएको महराका छोरा राहुल महराले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । दिवगंत तामाङको आजै अन्त्येष्टि गरिएको तस्बिर समेत राहुलले सार्वजनिक गरेका छन् । 

 

शनिबार २९ माघ २०७८ ०३:५७ PM मा प्रकाशित

प्रतिक्रिया