×

टी-२० विश्वकप- नेपालले आज इटालीविरुद्ध खेल्दै

images

काठमाडौं । आइसिसी टी-२० विश्वकपअन्तर्गत आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ । खेल मुम्बईको वानखेडे रंगशालामा दिउँसो ३ः१५ बजे सुरु हुनेछ।
दुवै टोली प्रतियोगिताको दोस्रो खेल खेल्दै छन्।

पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनले हारेको थियो । समूह ‘सी’ मा सुपर-८ पुग्ने सम्भावना जोगाइराख्न दुवैका लागि आजको खेल महत्त्वपूर्ण मानिएको छ।

नेपालका लागि यसअघिपनि वानखेडेमा खेलिसकेको अनुभव रहेको छ भने इटाली कोलकाताबाट मुम्बई आइपुगेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेख प्रमुख रन-स्रोत मानिएका छन्।

कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, लोकेश बम, सन्दीप लामिछाने, करण केसी, नन्दन यादव र शेर मल्ल टोलीका मुख्य खेलाडी हुन्। डेथ ओभरमा बलिङ नियन्त्रण सुधार गर्नुपर्ने पक्षका रूपमा देखिएको छ।

इटाली पहिलोपटक विश्वकप खेलिरहेको छ। नियमित कप्तान वेन म्याडसन चोटका कारण उपलब्ध छैनन्। जेजे स्मट्स, ग्रान्ट स्टुअर्ट तथा मानेन्टी र मुस्का दाजुभाइ टोलीका मुख्य खेलाडीका रूपमा छन्।

बिहीबार ३० माघ २०८२ ०९:५४ AM मा प्रकाशित

प्रतिक्रिया