×

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

images

 काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ । आजको कारोबारमा सुनको मूल्य बढेसँगै हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।  हिजो सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २०५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । 

सोमबार २८ पुस २०८२ ११:४४ AM मा प्रकाशित

प्रतिक्रिया