×

प्रकाशमानलाई भोट माग्दै बाबुरामले भने– प्रकाशमानजी योग्य व्यक्तित्व हुनुहुन्छ, त्यसैले उहाँले जित्नुपर्छ

images

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आग्रह गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर १ मा गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता प्रकाशमान सिंहलाई मत माग्ने क्रममा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले काठमाडौं क्षेत्र नम्बर १ का सन्दर्भमा सिंह योग्य र स्वच्छ छविको व्यक्ति भएको भन्दै मत दिन आग्रह गर्दै उनले भने ‘उहाँ आफैं स्वच्छ छवीको व्यक्तित्व हुनुहुन्छ, त्यसैले उहाँले जित्नुपर्छ । त्यसो भएको हुनाले उहाँको पक्षमा मत माग्न आएको हुँ ।’ प्रकाशमानसँग आफ्नो पहिलेदेखि नै पारिवारीक सम्बन्ध पनि रहेको बाबुरामले बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले अहिलेको निर्वाचन विशिष्ट भएकाले आफूहरुले प्रतिगमनकारीविरुद्ध गठबन्धन गरेको बताए । ‘सामान्य अवस्थामा बहुदलीय लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ । अहिले हामीले निर्माण गरेको, संघर्ष गरेर ल्याएको जुन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान छ, त्यसमाथि नै प्रहार भएको हुनाले प्रतिगमनकारी शक्तिहरु विरुद्ध, हाम्रो अग्रगमन शक्तिहरुको गठबन्धन हो यो, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह योग्य व्यक्ति पनि हुनुहुन्छ,’ बाबुरामले भने ।

शुक्रबार​ २५ कात्तिक २०७९ ११:४४ AM मा प्रकाशित

प्रतिक्रिया