काठमाडौँ । साउदी प्रो लिग क्लब अल नासर खेलाडी भित्र्याउन आक्रामक देखिएको छ ।
पोर्चुगलका जोआओ फेलिक्सलाई भित्र्याएको अल नासरले स्पेनिस डिफेन्डर इनिगो मार्टिनेजलाई भित्र्याएपछि अब फ्रेन्च विंगरलाई भित्र्याउने तयारी गरेको छ ।
अल नासरले २० बर्षिय फ्रेन्च विंगर किंग्सले कोमनलाई बायर्न म्युनिखबाट भित्र्याउने तयारी गरेको हो ।
यस अघि शनिबार अल नासरले ३४ बर्षिय स्पेनिस डिफेन्डर इनिगो मार्टिनेजलाई बार्सिलोनाबाट फ्री ट्रान्सफरमा भित्र्याएको थियो । मार्टिनेजलाई अल नासरले बार्षिक १० मिलियन युरो दिने गरि भित्र्याएको बताइएको छ । उनको बार्सिलोनामा बार्षिक ७ मिलियन युरो पारिश्रमिक रहेको थियो ।
त्यस्तै फेलिक्सलाई अल नासरले बार्षिक १२ मिलियन युरोमा भित्र्याएको साउदी मिडिया आउटलेट अररियादियाहल उल्लेख गरेको छ ।
अब कोमनलाई भित्र्याउन अल नासरले बयार्न म्युनिखलाई प्रस्ताव दिएको र लगभग सहमति भयेओ मिडिया रिपोर्टमा उल्लेख छ । अल नासरले कोमनका लागि ३० मिलियन युरोको प्रस्ताव दिएको बताइएको छ ।
प्रतिक्रिया