काठमाडौँ । नेपाली स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढाव र डलरको विनिमय दरमा आएको परिवर्तनका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको हो।
महासङ्घले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको हो।
यसै गरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। स्थानीय बजारमा चाँदीको मूल्य बढेर प्रति तोला ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको माग बढेकाले र बहुमूल्य धातुको अन्तर्राष्ट्रिय मूल्य उकालो लागेकाले त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको व्यवसायीहरूको भनाइ छ। मूल्यमा लगातार भइरहेको वृद्धिले सर्वसाधारण तथा गहना व्यवसायी दुवैलाई असर पारेको छ।
प्रतिक्रिया