×

प्रतिनिधिसभा बैठक स्थगित

images


प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध गरेपछि स्थगित भएको छ ।
      
प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै एमालेका सांसदले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिनुभएको थियो । सांसद साहले होहल्लाको बीचमा पनि सुन तस्करी प्रकरणका विषयमा उच्चस्तरीय छानबिन समिति गठन माग गर्नुभयो ।
      
सांसद साह बोल्दाबोल्दै सक्तापक्षका सांसद उठेपछि सभामुख घिमिरेले केही नसुनिएको उल्लेख सांसद साहलाई बस्न आग्रह  गर्नुभयो । सभामुखले नियमको पालना गर्न र सबैलाई सीटमा बस्न आग्रह गर्नुभयो । सभामुखले सबैले पालैपालो समय पाउने विषयमा ध्यानाकर्षण गराउनुभयो ।
    
प्रमुख प्रतिपक्षी दल एमालेको निरन्तर नाराबाजी र विरोधका कारण सदन चल्न नसकेको पछि सभामुख घिमिरले बैठक स्थगित भएको जानकारी गराउनुभयो ।

प्रतिनिधिसभाको अर्को यही साउन २९ गते सोमबार १ बजे बस्नेछ 

शुक्रबार​ २६ साउन २०८० ०३:०८ PM मा प्रकाशित

प्रतिक्रिया