काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गर्ने गरेको आरोपमा पाठकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पाठकले पूर्वराजा ज्ञानेन्द्रका विज्ञप्तिहरू ‘श्री ५ महाराजधिराज’ को नाममा सम्बोधन गर्दै जारी गर्ने गरेका थिए ।
पाठकलाई प्रहरीले सोधपुछका लागि बोलाएपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले हास्यास्पद भएको टिप्पणी गरेका छन् । उनले भनेका छन्- 'श्री ५ ज्ञानेन्द्र' लेखिएको बहानामा फणिराज पाठकलाई सोधपुछको निमित्त सरकारले बोलाउनु हास्यास्पद छ । श्री ५ ज्ञानेन्द्र नेपालका राजा हुन्, प्राविधिक रूपमा राजतन्त्र नरहे पनि वा संविधानले नचिने पनि उनी पछि अरु कोही राजा नभएकाले उनलाई 'श्री ५ ले' सम्बोधन गर्नु स्वभाविक र मर्यादा पनि हो ।'
प्रतिक्रिया