काठमाडाैँ । अब शेयर कर्जा २५ करोडसम्म पाइने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
राष्ट्र बैंकले सेयर धितोमा जारी हुने कर्जाको एकल ग्राहक सीमा बढाएर २५ करोड रूपैयाँ पुर्याएको छ । हाल यस्तो सीमा अधिकतम १५ करोड रूपैयाँ तोकिएको थियो । हाल १५ करोडसम्म कायम रहेको यस्तो कर्जाको सीमा २५ करोड कायम गरिएको हो । अधिक तरलता हुँदा पनि कर्जा प्रवाह अपेक्षित बढ्न नसकेकाले सजगता पूर्वक लचिलो कार्यदिशा अपनाइएको गभर्नर पौडेलले बताए ।
घर किन्न ३ करोडसम्म ऋण पाइने
मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले निजी आवसीय घर निर्माण वा खरिद गर्न ३ करोड रुपैयाँसम्म कर्जा पाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् हाल २ करोडसम्म दिँदै आइएको यस्तो कर्जाको सीमा ३ करोड बनाएको हो ।
नेपाल राष्ट्र बैंकले घरजग्गाको लोन टु भ्यालु रेसियो र कर्जाको सीमा दुवै बढाएको हाे । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले व्यक्तिलाई घर किन्न दिइने कर्जाको अधिकतम सीमा र घरजग्गाको लोन टु भ्यालु रेसियो बढाएको घोषणा गरेका छन् । यसैगरी पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा मूल्य अनुपात ८० प्रतिशत कायम गरिने र अन्यको हकमा अधिकतम् ७० प्रतिशतसम्म कायम गरिने राष्ट्र बैंकले जनाएको छ ।
यससँगै अब व्यक्तिगत घरजग्गा खरिद गर्दा अघिकतम ३ करोड रुपैयाँसम्म बैंक लोन पाइने भएको छ । यस अघि २ करोड रुपैयाँ मात्र पाइन्थ्यो । यसैगरी, घरजग्गाको लोन टु भ्यालु रेसियो ७० प्रतिशत पुर्याइएको छ । यस अघि घरजग्गाको कुल मूल्यको ५० प्रतिशत मात्र बैंकले फाइनान्सिङ गर्दै आएको थियो । अब भने ७० प्रतिशत फाइनान्सिङ गर्नेछ । पहिलो घर खरिद गर्नका लागि भने मूल्यको ८० प्रतिशत कर्जा पाइने पनि उनले घोषणा गरे ।
प्रतिक्रिया