×

एसिया कप क्रिकेट पाकिस्तान र श्रीलंकामा , नेपाल र भारतको खेल श्रीलंकामा हुने

images

काठमाडौं । एसिया कप क्रिकेटको आयोजना पाकिस्तानमा हुने भयपछि एसिया कपमा भारत सहभागी नहुने भनेपछि प्रतियोगिता अन्योलमा परेको थियो । अब भने एसियन क्रिकेट काउन्सिलले एसिया कप पाकिस्तान र श्रीलङ्का गर्ने जनाएको छ । प्रतियोगिताका १३ मध्ये करिब पाँच वटा खेलहरू पाकिस्तानमा र बाँकी खेलहरू श्रीलङ्का आयोजना हुने गरी समस्या समाधान गरिएको हो । श्रीलङ्कामा हुने खेलमा भारत सहभागी हुनेछ ।

१ देखि १७ सेप्टेम्बरभित्र हुने प्रतियोगिताबारे एसीसीले केही दिनमै औपचारिक घोषणा गर्ने तयारी गरेको छ ।  श्रीलंकालाई तटस्थ भूमिका रुपमा प्रयोग गर्ने गरी एसिया कप क्रिकेट आयोजनाका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले गरेको प्रस्ताव एसियाली क्रिकेट काउन्सिल एसीसीले अनुमोदन गर्ने सम्भावना बढेको छ ।

यो मोडलअनुसार पाकिस्तानमा आयोजना हुने एसिया कपमा खेलिने १३ मध्ये ५ देखि ६ खेल श्रीलंकामा हुनेछ । भारतले खेल्ने सबै खेलहरु श्रीलंकामा हुनेछन् । भारत फाइनलमा पुगेको अवस्थामा फाइनल खेल पनि श्रीलंकामै हुनेछ ।

क्रिकेटसम्बन्धी विश्वव्यापी वेवसाइट क्रिकइन्फोका अनुसार सोमबार यसबारे घोषणा हुनेछ । प्रतियोगिताका लागि हाल १–१७ सेप्टेबरको समय निर्धारण गरिएको छ । पाकिस्तानमा हुने खेल लाहोरमा हुने सम्भावना छ ।  नेपालले पहिलोपल्ट एसिया कप खेल्न लागेको छ । समूह ए मा नेपाल टिम भारत र पाकिस्तानसँगै परेको छ । नेपालले समूहमा एक खेल पाकिस्तान र अर्को खेल श्रीलंकामा खेल्नुपर्ने अवस्था हुनसक्छ ।

भारत र पाकिस्तानले एकअर्काको देशमा यात्रा गर्न अस्वीकार गरेपछि आयोजक पाकिस्तानले सुरुमा दुवईलाई तटस्थ भूमिका रुपमा प्रयोग गर्न आग्रह गरेको थियो । तर, बंगलादेशले सेप्टेम्बरमा मध्यपूर्वमा हुने चरम गर्मी अवस्थाबारे चिन्ता व्यक्त गरेको थियो । त्यसपछि श्रीलंकाले आफ्नो देशमा आयोजना गर्न प्रस्ताव गरेको थियो ।  

यो प्रतियोगितामा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग भिड्ने छ । अर्को समूहमा श्रीलङ्का, बंगलादेश र अफगानिस्तान छन् । दुवै समूहबाट दुई वटा टोली सुपर फोरमा जानेछन् । सुपर फोरबाट टप २ टिम फाइनलमा प्रवेश गर्नेछन् ।

आइतबार​ २८ जेठ २०८० १२:३१ PM मा प्रकाशित

प्रतिक्रिया