फागुन, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा विश्वासको मत लिन लागेका छन् । उक्त दिन अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसले ह्विप जारी गरेको हो ।
प्रमुख सचेतक रमेश लेखकले सोमबार सूचना जारी गर्दै विपक्षमा उभिन निर्देशन जारी गरेका हुन् । कांग्रेस सम्मिलित गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले २१ फागुन नयाँ गठबन्धन बनाएका थिए ।
प्रतिक्रिया