×

निर्वाचन आयोगमा एउटा दलको दर्ता अस्वीकार

images

काठमाडौं स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा ७९ दल दर्ता भएका छन्। दर्ताका लागि ८० दलले निवेदन दिएकोमा ७९ दल मात्र दर्ता भएका आयोगले जनाएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ऋषि कट्टेल नेतृत्वको एउटा दल दर्ता हुन नसकेको बताएका छन्। उक्त दलको आवश्यक प्रक्रिया नपुगेकाले दर्ता अस्वीकार भएको पौडेलले बताए।

शुक्रबार​ २७ फागुन २०७८ १२:३१ PM मा प्रकाशित

प्रतिक्रिया