×

अख्तियार प्रमुख राई सहितका हाई प्रोफाइललाई धम्की दिने पाठकलाई इन्टरपोलको सहयोगमा नेपाल ल्याइयो

images

काठमाडौँ । अख्तियार प्रमुख प्रेमकुमार राई सहितका हाई प्रोफाइललाई धम्की दिने प्रकाश पाठकलाई नेपाल ल्याइएको छ । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा उनलाई पक्राउ गरेर नेपाल ल्याइएको हो ।

उनलाई पुस १६ गते फिलिपिन्सको राजधानी मनिलामा पक्राउ गरिएको थियो। पाठकलाई लिन नेपाल प्रहरीको टोली फिलिपिन्स पुगेको थियो।  अगस्ट १८ मा फिफिलिपिन्स गएका उनले त्यहीँबाट नेपालका उच्च पदस्थहरूलाई ज्यान मार्ने धम्की दिएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धानको क्रममा उनी फिलिपिन्समा रहेको पत्ता लगाउँदै नेपाल ल्याउनका लागि इन्टरपोल शाखामार्फत प्रक्रिया अगाडी बढाएको थियो। 

अब उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर अनुसन्धान अगाडी बढाउने तयारी छ।  पाठकले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर उनले लोकमानसिंह कार्की, गोपालबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा,ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका थिए ।  

प्रकाश पाठकसँग ‘कनेक्सन’ मा देखिएका ३ जनालाई प्रहरीले यसअघि पक्राउ गरेको थियो ।

बुधबार २९ माघ २०८२ ०१:२६ PM मा प्रकाशित

प्रतिक्रिया