×

सेनाद्वारा पाल्पा दरबार सैनिक संग्रहालय हस्तान्तरण

images

नेपाली सेनाले पाल्पा दरबार सैनिक संग्रहालय हस्तान्तरण गरेको छ ।  पाल्पा दरवार संग्रहालयका प्रमुखलाई सेनाले विधिवत रुपमा संग्रहालय निर्माण गरेर हस्तान्तरण गरेको हो । उक्त संग्रहालय सेनाले विभिन्न ऐतिहासिक युद्ध सामाग्री, हातहतियार, पोशाक, आभूषण तथा विभूषण र महत्वपूर्ण दस्तावेजहरु समाविष्ट गरी निर्माण गरेको हो । 

 

बिहीबार गरिएको उक्त हस्तान्तरण कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, तानसेन नगरपालिका नगर प्रमुख, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुख, इतिहासविद्, समाजसेवी, प्राध्यापकलगायतको उपस्थिति रहेको सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त सैनिक संग्रहालयको गत मंसिर १४ गते नै प्रधानसेनापति प्रभुराम शर्माले समुद्घाटन गरेका थिए । 

 

शुक्रबार​ २८ माघ २०७८ ०५:१८ PM मा प्रकाशित

प्रतिक्रिया