×

घरको चौथो तलाबाट हामफालेकी आमासहित दुई बालकको पनि उपचारको क्रममा निधन

images

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलमा एक जना महिला र उनका दुई बच्चाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले अचेत भेटिएका ६ वर्षीय बालक र दुई वर्षीया बालिकाको हिजो साँझ मृत्यु भएको जानकारी दिए । घरको चौथो तलाबाट हामफालेकी ती बच्चाकी आमाको पनि हिजो राति नै मृत्यु भएको उनले जानकारी दिए । गम्भीर घाइते भई किष्ट अस्पतालमा उपचार गर्न लगिएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

३६ बर्षकी ती महिलाले हामफालेपछि घरमा हेर्दा बच्चा अचेत देखिएपछि उनीहरुलाई पनि उपचारका लागि अस्पताल लगिएको थियो । घटना भएको बेला घरमा अपाङग अवस्थामा रहेकी सासु मात्रै रहेको र महिलाको श्रीमान भने घर बाहिर रहेको प्रहरीले जनाएको छ । परिवारमा श्रीमान्, श्रीमती, सासू र दुई जना छोराछोरी बस्दै आएका थिए । घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक खनालले जानकारी दिए ।

आइतबार​ २८ माघ २०८० ११:२६ AM मा प्रकाशित

प्रतिक्रिया