बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन्। प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारका कागजात आफ्नो फेसबुकमार्फत् सार्वजनिक गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।
बाणगंगा नगरपालिका-८ धनेषपुर निवासी भट्टराईले गत माघ २६ गते आफ्नो फेसबुक वालबाट ती कागजात सार्बजनिक गरेका थिए। सामाजिक संजाल फेसबुकमा विभिन्न सामग्री पोष्ट गरेर घृणा र द्वेष फैलाउने कार्य तथा गोपनीयता भंग गरेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
भट्टराईमाथि विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ । प्रहरीका अनुसार उनी यसअघि पनि पटक-पटक फेसबुकमार्फत् व्यक्तिको चरित्रहत्या गर्ने काममा संलग्न भएको र जिल्ला अदालत कपिलवस्तुबाट तीन दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया