×

सौराहामा नेपाल बारको राष्ट्रिय गोष्ठी

images

 
चितवन, २४ मङ्सिर : नेपाल बार एशोसिएसनले मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी तथा ४९औँ केन्द्रीय कार्यकारिणी परिषद् बैठक आजदेखि सौराहामा सुरु भएको छ । 

    सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले गोष्ठीको उद्घाटन गर्नुभएको हो । गोष्ठीमा देशभरका एक हजारभन्दा बढी कानुन व्यवसायी सहभागी छन् ।

    एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा आज मानव अधिकारको अवस्था, पश्चिम एशियमा जारी द्वन्द्वलगायत विषयमा छलफल हुनेछ । उहाँले उहाँले भन्नुभयो, “इजरायलमा रहेका नेपालीलाई लिएर नेपाल बार एशोशिएसन गम्भीर छ । इजरालयमा १० जना नेपाली विद्यार्थीको ज्यान गयो । त्यहाँको अवस्थालाई लिएर हामीलाई चिन्ता छ ।” अहिले पनि विपिन जोशी हमासको कब्जामा रहेको र उहाँको रिहाइका लागि आवाज उठाइने उहाँले बताउनुभयो ।

आइतबार​ २४ मंसिर २०८० १२:४६ PM मा प्रकाशित

प्रतिक्रिया