×

त्रिभुवन विश्वविद्यालयमा बौद्ध अध्ययनको विविध बिषयमा उच्च शिक्षाको पठनपाठन हुदै

images

त्रिभुवन विश्वविद्यालयमा बिक्रम संवत् २०५६ साल देखि अधिस्नातक तह देखि बौद्ध अध्ययन बिषयमा उच्चशिक्षाको पठनपाठन हुदै आएको छ   । बौद्ध अध्ययन विभागको स्थापना पछि  २०५८ साल देखि स्नातकोत्तर तह र  २०७४ देखि विभागमै विद्यावारिधि (पिएच डी विथ कोर्स वर्क ) कार्यक्रम पनि  सञ्चालन हुदै आएको छ ।

 स्नातकोत्तर तहको चारवटा सेमेष्टरमा बुद्धका आधारभुत शिक्षाहरु, इतिहास, कला, संस्कृति, दर्शन, बौद्ध पाली र संस्कृत साहित्य,  दक्षिण र दक्षिणपूर्वी एशियाका देशहरुमा रहेको बुद्धधर्म, उत्तर, उत्तरपूर्वी र मध्य एसियाका देशहरुमा रहेको बुद्धधर्म, पूर्विय र पश्चिमका दर्शनहरु तथा अनुसन्धान विधि र एक पत्र शोधग्रन्थ गरी जम्मा २० वटा पत्रहरुको अध्ययन र अध्यापन हुदै आएको छ । यस  पाठ्यक्रमले थेरवाद, महायान र वज्रयानका यानगत बिषयहरु, पूर्बीय र पश्चिमी दर्शन र बौद्धकला, बास्तुकला, पुरातत्व तथा बौद्ध संस्कृतीलाई लाई कसरी पर्यटन सँग जोडेर  लैजान सकिन्छ भन्ने बिषयहरु समेत समेटिएको हुनाले नेपालका अन्य बौद्धअध्ययन गराईने संस्थाभन्दा फरक  त्रि .वि को  यस पाठ्यक्रमले राष्ट्रको लागि उच्चस्तरको जनशक्ति निर्माणमा पनि थप मदत पुग्ने विश्वास पनि  विभागले लिएको छ।  

हाल बौद्ध अध्ययन केन्द्रीय विभागमा स्नातकोत्तर तहको प्रवेशको लागि भर्ना खुलेको छ र   जुन सुकै बिषयमा पनि स्नातक पास गरेका विद्यार्थीहरुले स्नातकोत्तर तहमा भर्ना  हुन तल दिएको लिन्क्मा www.tufohss.edu.np> entrance.tufohss.edu.np> register new student मा गएर अनलाईन फर्म भर्ने सकिने,  कक्षा समयः बिहान ६ः ३० देखि ९ः४० सम्म बिभागीय प्रमुख, बौद्ध अध्ययन केन्द्रीय विभागले जानकारी गराएको छ  |  

आइतबार​ २४ मंसिर २०८० ०४:२१ PM मा प्रकाशित

प्रतिक्रिया