×

नेप्सेमा तेस्रो सर्किट, १११ अंकले बढ्दै बन्द भयो बजार

images


काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तेस्रो सर्किट लागेसँगै आजलाई कारोबार बन्द भएको छ ।  आज लगातार ३ पटकसम्म सकारात्मक सर्किट लागेपछि आइतवारका लागि शेयर कारोबार बन्द भएको छ ।

आज आइतबार बजार खुलेको एक घण्टामै सेयर बजार बन्द भएको हो । आज नेपाल स्टक एक्सचेञ्ज ६ प्रतिशत अर्थात् १११.२० अंकले घटेर १९६३.९८ अंकमा पुगेर बन्द भएको हो ।आज आइतवार कारोबार खुलेको ५ मिनेटमा नै ४ प्रतिशतले बढेपछि २० मिनेटलाई बजार बन्द भएको थियो ।

कारोबार सुचारु भएलगत्तै अर्को एक प्रतिशत बढेर ५ प्रतिशत पुगेपछि ४० मिनेटलाई बजार बन्द भयो । ४० मिनेटपछि खुलेको बजार फेरि १ प्रतिशतले बढेर ६ प्रतिशत पुगेपछि आइतवारका लागि कारोबार नै बन्द भयो ।

एक घण्टाको अवधिमा २४४ कम्पनीको १३ लाख ६७ हजार ६१५ कित्ता सेयर ७ हजार १४ पटक खरिद बिक्री हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । नेपाल राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति ल्याएपछि परिसूचक उच्च अंकले बढेर बन्द भएको हो ।

आइतबार​ २४ मंसिर २०८० ०१:०४ PM मा प्रकाशित

प्रतिक्रिया