पोखरा । सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज अदालत उपस्थित गराइएको छ।
अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि पुन म्याद थपको लागि अदालत पेस गरिएको हो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियाबाट अपचलन गरेको आरोपमा तत्कालीन प्रबन्ध निर्देशक रविसहित उपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र लीला पछाईंलाई पनि सँगै अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ।
यता रास्वपा कार्यकर्ताले आज पनि पोखरामा प्रदर्शन गर्ने भएका छन् । जिरोबाट वाइचोक पुगेर सभा आयोजना सो पार्टीको तयारी छ । लामिछाने यसअघि गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहेको बेलामा विभिन्न सहकारीबाट रकम ल्याउन र खर्च गर्नेमा उनको संलग्नता रहेको आरोप छ।
प्रतिक्रिया