×

जेनजी आन्दोलनमा त्रिवीका तीन केन्द्रका उत्तर पुस्तिका जलेर नष्ट, फेरी परीक्षा दिनुपर्ने

images

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा उत्तर पुस्तिका नष्ट भएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको पुनः परीक्षा सञ्चालन हुने भएको छ ।

भदौ २२ र २३ गतेको जेनजी आन्दोलनका क्रममा झापाको कन्काई आदर्श क्याम्पस बिर्तामोड, रौतहट चन्द्रनिगाहपुरको जजनाज्योति क्याम्स र दाङको घोराहि स्थित सिद्ध रत्ननाथ क्याम्पस परीक्षा केन्द्रका परीक्षा रद्द गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यहाँस्थित इलाका प्रहरी कार्यालयमा तोडफोड र आगजनी हुँदा त्यहाँ राखिएका उत्तर पुस्तिका नष्ट भएकाले पुनः परीक्षा सञ्चालन गरिने कार्यालयले जनाएको छ ।

परीक्षाको समय तालिका पछि तोकिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । यी परीक्षा केन्द्रहरूमा भदौ २२ र २३ गते लिइएका परीक्षाका उत्तर पुस्तिका नष्ट भएकाले परीक्षा रद्द गरिएको कार्यालयले जनाएको छ ।

स्नातक तह दोस्रो वर्षको आंशिक र मौका परीक्षा दिएका करिब साढे छ सय विद्यार्थीका उत्तर पुस्तिका नष्ट भएको अनुमान गरिएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले सो परीक्षा केन्द्रमा परीक्षा परेका क्याम्पसहरुले आ-आफ्ना विद्यार्थीहरुलाई उक्त दिनका परीक्षा पुन: दिनुअप्रने जानकारी गराइदिन समेत अनुरोध गरेको छ ।

 

Single Image

Single Image

शुक्रबार​ २४ असोज २०८२ ०१:१६ PM मा प्रकाशित

प्रतिक्रिया