×

नेपालको फितलो ब्याटिङ: दीपेन्द्र र बसिरको संघर्षका बाबजुद ओमानलाई १४८ रनको चुनौती

images

एसीसी पुरुष प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले ओमानसामु जितका लागि १४८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले फिल्डिङ रोजेको ओमानविरुद्ध ब्याटिङमा उत्रिएको नेपाल ४५.४ ओभरमा मात्र १४७ रन बनाउँदा अलआउट भयो।

सुरुआती सङ्कट र दीपेन्द्र-बसिरको सम्हालिएको इनिङ्स नेपालको सुरुआती ब्याटिङ निकै फितलो रह्यो। टोलीका शीर्ष क्रमका ब्याट्सम्यानहरू सस्तैमा पेभेलियन फर्किए। ओपनर आशिफ शेख ११, देव खनाल १३, इशान पाण्डे १ र कप्तान रोहित पौडेल मात्र ३ रनमा आउट भएपछि नेपाल समस्यामा परेको थियो।

सुरुआती झट्कापछि पाँचौँ विकेटका लागि दीपेन्द्रसिंह ऐरी र बसिर अहमेदले ९३ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए। दीपेन्द्रले ७६ बलको सामना गर्दै ५१ रनको अर्धशतकीय पारी खेले भने बसिरले ८८ बलमा ४७ रन जोडे।

तल्लो क्रमका ब्याट्सम्यान फ्लप दीपेन्द्र र बसिरबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कको योगफल छुन सकेनन्। गुल्सन झा ७, करण केसी ५ र सन्दीप लामिछाने ३ रनमा आउट भए। अन्तिम क्रममा आएका शेर मल्ल र ललित राजवंशी शून्य रनमै पेभेलियन फर्किँदा नेपाल १४७ रनमै समेटिन पुग्यो।

ओमानको कसिलो बलिङ नेपाललाई सस्तैमा रोक्न ओमानका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। ओमानका लागि जय विराम ओडेदारा र हसनैन शाहले ३/३ विकेट हात पारे भने मोहम्मद इमरानले २ विकेट लिए।

१४८ रनको विजयी लक्ष्य पछ्याउन ओमान केही बेरमा मैदान उत्रँदै छ।

बिहीबार २५ भदौ २०८३ ११:५५ AM मा प्रकाशित

प्रतिक्रिया