×

आज र भोलि शेयर कारोबार बन्द

images

काठमाडौँ । नेपाल स्टक एक्चेन्जले बुधबार र विहिबार  घितोपत्र कारोबार नहुने जानकारी दिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले कारोबार बन्द रहने जानकारी दिदै भनेको छ- 'हालको विषम परिस्थिति एवम् कारोबार सदस्य तथा लगानीकर्ताहरुबाट समेत कारोबार स्थगन गर्न अनुरोध भई आएकोले सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार मिति २०८२ भदौ २५ र २६ गते दुई दिनको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।'

जेनजीको आन्दोलनका कारण यसअघि मंगलबार पनि धितोपत्रको कारोबार बन्द गरिएको थियो ।

 

बुधबार २५ भदौ २०८२ ०९:३८ AM मा प्रकाशित

प्रतिक्रिया