×

सुशिला कार्कीको नाममा जेनजी समुहमा विवाद, जंगीअड्डा अगाडी युवाहरुको नाराबाजी

images

काठमाडौं । जेनजी समुहमा विवादमा देखिएपछि नेतृत्व छनौटको अन्योलमा परेको छ ।

सैनिक मुख्यालयमा जेनजी प्रतिनिधिहरुए सुशिला कार्कीको नाम नयाँ प्रधानमन्त्रीको रुपमा देखिएपछि युवाहरु विरोधमा उत्रिएका हुन् । असन्तुष्ट युवाहरुले जंगीअड्डा अगाडी नाराबाजी गर्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

कतिपयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेतृत्व गर्नुपर्ने बताएका छन् । तर जेनजीका प्रतिनिधिहरुले बालेन सम्पर्कमा नआएको बताएका छन् ।

बुधबार २५ भदौ २०८२ ०७:४२ PM मा प्रकाशित

प्रतिक्रिया