×

रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले रुपन्देही ३ मा हुने उपनिर्वाचनको लागि आवेदन दिएका ९ उम्मेदवारसँग आज छलफल गर्दैछ ।

प्रवक्ता मनिष झाका अनुसार आज दिउसो १ बजेदेखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा उम्मेदवार बन्न आवेदन दिएका पार्थिवेन्द्र उपाध्याय, शुलभ खरेल, डा. लेकजंग थापा, ज्ञानु पौडेल, जित बहादुर गुप्ता, कुशम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रहवाल र मधुप्रसाद अर्यालसँग छलफल गर्न लागेको हो । 

छलफलको मोडरेसन सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज बिपिन कुमार आचार्यले गर्ने छन् भने छलफलको अब्जर्भेसन केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी र लुम्बिनी प्रदेश सभापति देवराज पाठकले गर्ने प्रवक्ता झाले जानकारी दिएका छन् ।

त्यस्तै रास्वपाले आजको छलफलपछि २६ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशित गर्ने, साउन २६ देखि भदौ ११ गतेसम्म पार्टीले अवलम्बन गरेको उम्मेदवार छनोट विधि अनुसार मापन गरिने र भदौ १२ गते बिहानदेखि साँझ ५ बजे उम्मेदवार छनौटका लागि प्रारम्भिक मतदान हुने रास्वपाले जनाएको छ ।

आइतबार​ २६ साउन २०८२ ११:१३ AM मा प्रकाशित

प्रतिक्रिया