कीर्ते, ठग, भ्रष्टाचारी, संगठित अपराधीबाहेक कोही निर्दोष तर्सनु पर्दैन- गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    images

    उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कीर्ते, ठग, भ्रष्टाचारी, संगठित अपराधीबाहेक कोही निर्दोष तर्सनु नपर्ने बताएका छन्। उनले ट्विट गर्दै धनी–गरिब, सम्पन्न–विपन्नलाई छुट्टाछुट्टै कानुन नहुने भन्दै त्यस्तो अपेक्षा नगर्न पनि आग्रह गरेका हुन्।

    ‘देश र जनताको हित विरूद्ध आफ्नो व्यक्तिगत फाइदाको लागि कीर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्न बाहेक निर्दोष कोही तर्सनु पर्दैन। दोषी र अपराधीलाई भने  छुट हुनेछैन,’ उनले ट्विट गर्दै भनेका छन्, ‘अनि धनी र गरिब, सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुन सक्दैन। त्यस्तो अपेक्षा नगरौं।’

     

     

    सोमबार २५ असार २०८० ११:०९ AM मा प्रकाशित

    प्रतिक्रिया