×

संसद् खुल्नेबित्तिकै मिटरब्याज विधेयक अघि बढछ- गृहमन्त्री नारायणकाजी श्रेष्ठ

images

काठमाण्डौं । सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विधेयक अघि बढाउने तयारी गरेको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडित नागरिकका पक्षका कानुन निर्माण कार्य द्रुत गतिमा अघि बढाइने बताएका छन् ।

मिटरब्याजविरुद्धको सङ्घर्ष समितिको अगुवाइमा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका पीडित नागरिकसँग नयाँबानेश्वरमा भेट गरेपछि कुरा गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले संसद् बैठक सुचारु हुनासाथ विधेयक अघि बढ्ने बताए। उनले भने, “एमालेका साथीहरूले सदन खोल्नु प¥यो। संसद्को अवरोध गैरसंसदीय छ। सदन खुलेपछि मिटरब्याजसम्बन्धी विधेयक अघि बढ्छ। विधेयक पारित गरेर कानुन बनेपछि हामीले काम अघि बढाउने छौँ।”

उनले अनुचित लेनदेन र मिटरब्याजसम्बन्धी अध्यादेशको वैधता निश्चित अवधिसम्म मात्रै हुने भएका कारण कानुन बनाउनका निम्ति अध्यादेशलाई विधेयकका रूपमा संसद्मा प्रस्तुत गरेको प्रस्ट पारे। उनले भने, “तर त्यो विधेयक पारित भएको छैन र अध्यादेशको अवधि सकिएका कारण निष्क्रिय भएको छ। त्यसैले तपाईंहरू चिन्तित हुनुभएको होला तर म तपाईंहरूलाई भन्न चाहन्छु, विधेयक संसद्मा छ। अस्वीकार भएको होइन। विधेयक पारित गराइने प्रक्रिया अगाडि बढाइने छ र कानुन बनाइने छ।”

मन्त्री श्रेष्ठले मिटरब्याजपीडितको न्यायको पक्षमा आफू नागरिकको साथमा रहेको बताए। उनले पीडितको न्यायको पक्षमा जारी आन्दोलन निष्कर्षमा पुग्ने र न्याय निरुपण हुने बताए। उनले भने, “म तपाईंहरूको प्रतिनिधि हुँ। म सरकारमा छु, तपाईंहरू सडकबाट पीडितको पक्षमा आवाज उठाइरहनुभएको छ। मिटरब्याज सामन्ती शोषणको निकृष्ट अवशेष हो, त्यस कारणले मिटरब्याजीको शोषण अवशेषलाई अन्त्य गर्न सरकार प्रतिबद्ध छ।”

मन्त्री श्रेष्ठले मिटरब्याजपीडितहरू आफूमाथि भएको उत्पीडन र शोषणविरुद्धको चिन्ताले नै फेरि काठमाडौँ आएको बताउँदै न्याय दिलाउने आन्दोलन वा काम कुनै पनि हालतमा नरोकिने प्रस्ट पारेको आजको आजको गोरखापत्र दैनिकमा खवर छ ।

सोमबार २५ असार २०८० ०७:०३ AM मा प्रकाशित

प्रतिक्रिया