×

पति बालकृष्ण खाँण पक्राउ परेपछि पत्नी मञ्जु खाँण भूमिगत

images


काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उनकी पत्नी एवं कांग्रेस नेत्री मञ्जु खाँण सम्पर्कविहीन भएकी छिन् । मञ्जु मोबाइल अफ गरेर सम्पर्कविहीन भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्धामा संलग्न भएको आरोपमा उनका पति एवं पूर्वगृहमन्त्री खाँण बुधबार बिहानै पक्राउ परेका थिए । उनका अलावा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित कुल १२ जना पक्राउ परिसकेका छन् ।

गिरोहका सदस्यले बालकृष्ण पत्नी मञ्जुलाई ६ करोड बुझाएको दाबी गरिएको अडियो समेत सार्वजनिक भएको छ । सो अडियोमा तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवालाई समेत २ करोड बुझाएको दाबी गरिएको छ ।

बुधबार २७ बैशाख २०८० ०४:५३ PM मा प्रकाशित

प्रतिक्रिया