×

पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउपछि रवि लामिछानेले दिए सरकारलाई धन्यवाद

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरीलाई धन्यवाद दिएका छन्। बुधबार बिहान पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेपछि लामिछानेले सरकारलाई धन्यवाद दिएका हुन्। 

प्रहरीले बुधवार बिहान पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेको छ। खाँण पक्राउ परेलगत्तै उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, 'धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्रीज्यू, धन्यवाद प्रधानमन्त्रीज्यू, यो सिलसिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।' पक्राउ परेका खाणलाई काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको छ। 

बुधबार २७ बैशाख २०८० १२:०१ PM मा प्रकाशित

प्रतिक्रिया