काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार भएको निर्वाचनमा उनी निर्वाचित भएकी हुन् ।
आज भएको उपसभामुखको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई हराउँदै रुवीकुमारी विजयी भएकी हुन्। आज उपस्थित भएका २५७ मध्ये रुबीकुमारीले २२९ मत पाउँदा राप्रपाकी लामाले ५ मत मात्रै पाइन्। रुबीकुमारीलाई सत्तारुढ दल रास्वपा, कांग्रेस, नेकपाले समर्थन गरेको थियो। एमालेले कसैलाई मतदान गरेन। एमालेका २५ सांसद छन् ।
प्रतिक्रिया