×

युएईमा श्रीमानले धकेल्दा श्रीमतीको छत बाट खसेर मृत्यु श्रीमान भने फरार

images

युएईमा संवाददाता - संयुक्त अरब इमिरेट्स को अजमानमा भवन को माथिल्लो छत बाट खसेर एक महिला अर्घाखाँची कि राधा न्यौपाने को मृत्यु भएको हो । 

अजमान मा सँगसँगै बस्दै आएका कैलालीका नेत्रप्रसाद न्यौपाने र अर्घाखाँची कि राधा न्यौपाने बीच आपसी विवाद हुँदा यूएईको अजमान स्थित चाइना मलको भवनबाट खसेर उनको मृत्यु भएको बताइएको छ । राधा र न्यौपाने श्रीमान-श्रीमती हुन् ।

घटना बारे थप जानकारी आउन बाँकी रहेको जानकारी नेपाली समाज युएईका अध्यक्ष बेद प्रसाद अर्यालले बताए । 

पहिलो बिहेको बारेमा केही दिनअघि दुई जनाबिच चर्काचर्कि रूपमा विवाद भएको र नेत्रले राधा सँग दोस्रो बिहे गरेको र पहिलो बिहे उनले गुपचुप राखेको थापा पाएपछि मदिरा पिएको बेला उनीहरुबीच पहिलो श्रीमती र बिहेको बारेमा विवाद उत्कर्षमा पुग्दा विवादकै क्रममा नेत्रले धकेल्दा यो घटना भएको प्रत्यक्षदर्शीले जनाएको छ । मलबाट खसेकी राधाको शव क्षतविक्षत अवस्थामा फेला परेको बताइएको छ । उनको शव स्थानीय अस्पतालमा राखिएको छ । 

उनीहरु दुबै जनाको यूएईमा कामदार भिसा भएको र यूएईमा काम गर्दै बस्दै आएको खुलेको छ । घटना बारे  नेपाली दूतावासले आवश्यक कानुनी  प्रक्रिया अघि बढाइएको जनाएको छ ।

बुधबार २८ चैत २०८० ०९:१९ PM मा प्रकाशित

प्रतिक्रिया