काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । अहिलेसम्म घटनास्थलमा ६ जनाको शव भेटिएको छ ।
प्रदेश ३ ०१-००५ख९९७५ नम्बरको यात्रुवाहक बस रामेछापको मचानेटार भन्ने ठाउँबाट तामाकोशीमा खसेको हो । बसमा सवार ६ घाइते यात्रु उद्धार गरेर उपचारका लागि पठाइएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन बाँकी नै रहेको प्रहरीले बताएको छ ।
अहिलेसम्म ६ जनाको लाश निकालिसकिएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार केही लाशहरु पानीमा तैरिएको अवस्थामा देखिएका थिए । प्रदेश ३ ०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटना भएको हो ।
बसमा सवार केही यात्रु भने घाइते अवस्थामा फेला परेको र उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया