लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध पाटन उच्च अदालतमा निवेदन दर्ता

    images

    काठमाडौं । रवि लामिछानेलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता भएको छ । उच्च सरकारी वकिल कार्यालय पाटनले लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध निवेदन दर्ता गराएको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारीको ठगी प्रकरणमा ६० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । धरौटी तिरेर लामिछाने रिहा भएका थिए ।

    सोमबार २८ माघ २०८१ ०८:०४ PM मा प्रकाशित

    प्रतिक्रिया