काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बिना निष्कर्ष नै सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले निष्कर्ष बिना नै बैठक सकाएको हो । हिजो बिहीबार दिउँसो ३ बजेको लागि बोलाइएको संयन्त्रको बैठक स्थगित भएको थियो ।
बैठकमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए । जसपा, जनमत र नागरिक उन्मुक्तिका नेता भने उपस्थित भएनन् ।
दुई महिना नपुग्दै रास्वपा बाहिरिनु, राष्ट्रपतिमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको अडान लिनुजस्ता विषयमा गठबन्धनमा खटपट देखिएको छ । हिजोमात्र नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सुदूरपश्चिम सरकार ढलेको छ ।
प्रतिक्रिया