मंगलबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको हो ।
हिजो ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला ५२४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया