×

राष्ट्रव्यापी भारोत्तोलन प्रतियोगितामा देशभरका दुई सय एक खेलाडी प्रतिस्पर्धामा

images


भक्तपुर, २५ पुस : मध्यपुरथिमिमा सुरु भएकोमा २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोप्रतियोगिता त्तोलन देशभरका दुई सय एक खेलाडी प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाल भारोत्तोलन सङ्घले यही पुस २६ गते सम्पन्न गर्नेगरी सुरु गरेको प्रतियोगितामा २१ जिल्लामा खेलाडीले प्रतिस्पर्धा गरेको सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । 
    
    पुरुष र महिलातर्फ सिनियर, जुनियर र युथमा समान १०–१० स्वर्णका लागि प्रतिस्पर्धा सुरु भएको जनाउँदै उहाँले प्रतियाृगितामा सहभागिता रहेका देशभरबाट आएका खेलाडीलाई खाना र बसोवासको व्यवस्था सङ्घले नै गरेको बताउनुभयो । करिब रु ८६ लाख खर्च हुने प्रतियोगिता अन्तरराष्ट्रिय भारोत्तोलन महासङ्घ, एसियाली भारोत्तोलन महासङ्घ र नेपाल भारोत्तोलन सङ्घको नियमानुसार खेलाइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा महिलातर्फ युथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० कांस्य गरी कूल दुई सय ७० तथा पुरुषतर्फ युथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत तथा ९० कास्यसहित दुई सय ७० गरी कूल पाँच सय ४० पदकका लागि प्रतिस्पर्धा भएको छ ।
    
    प्रतियोगितामा विभिन्न चार तौल समूहमा जुनियर तथा सिनियर पुरुषतर्फ ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, एक सय  दुई, एक सय नौ र एक सय नौ किलोमाथि, युथ पुरुषतर्फ ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, एक सय दुई र एक सय दुई किलोमाथि, जुनियर तथा सिनियर महिलातर्फ ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र ८७ किलोमाथि तथा युथ महिलातर्फ ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ र ८१ किलो तौल समूहमा प्रतिस्पर्धा भइरहेको छ ।

बुधबार २५ पुस २०८० १२:३५ PM मा प्रकाशित

प्रतिक्रिया