×

जसपाको केन्द्रीय राजनीतिक समिति बैठक बस्दै

images

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दै छ । 

बैठक आज र भोलि ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा छलफल हुनेछ ।
पार्टीका नेताहरूको सक्रियतामा भएका कार्यहरूको प्रगति विवरणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ । पुस २७ गते केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको छ । 

बुधबार २५ पुस २०८० ०२:३० PM मा प्रकाशित

प्रतिक्रिया