काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनको मिति फेरी सारेको छ । शुक्रबार र शनिबार चितवनमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले प्रतिनिधिसभा निर्वाचन भएको ६ महिनापछि मात्रै महाधिवेशन गर्ने निर्णय गरेको हो।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी केन्द्रीय समितिको विस्तारित बैठकले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको...
रास्वपाको समानुपातिक उम्मेदवार आव्हान: युवा २७ र प्रवासबाट १० प्रतिशत प्रतिनिधित्व, २०७९ का उम्मेदवारलाई रोक
पार्टीको केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेलाले तोकेको महाधिवेशन मिति पुन : फागुन ७, ८ र ९ गतेका लागि तोकिएको तोकिएको थियो । त्यसअघि रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन गत वैशाखमा गर्ने भनिएको थियो ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले केन्द्रीय समितिको विस्तारित बैठकमा पेश गरेको पार्टी रिफर्मेसन मार्गचित...
रास्वपा विस्तारित बैठकमा तोसिमाले पेश गरेको 'रिफर्मेसन मार्गचित्र' मा के छ ?
केन्द्रीय समितिको विस्तारित बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ:
अप्रत्याशीत राजनीतिक परिस्थितिका कारण फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने भएकाले पूर्वघोषित मिति (फागुन ७–९) मा महाधिवेशन गर्न नसकिने वस्तुगत परिस्थिति महसुस गर्दै चुनाव भएको ६ महिनाभित्र महाधिवेशन गर्ने गरी तालिका ल्याउन केन्द्रीय समितिलाई आग्रह गर्दछ । चुनावी अभियानसँगै तल्ला समितिहरूको अधिवेशनलाई निरन्तरता दिन प्रतिबद्ध छौं ।
त्यस्तै, विस्तारित बैठकले सभापति रवि लामिछानेको विकल्पमा अहिले नयाँ नेतृत्व अघि नसार्ने निष्कर्ष पनि निकालेको छ । रास्वपाले कुलमान घिसिङ लगायतलाई पार्टीमा भित्राएर नयाँ किसिमले अगाडी बढ्नुपर्ने माग उठिरहेका बेला रास्वपाले आधिकारिक रुपमा निर्णय गरेर यस विषयलाई पूर्ण विराम लगाएको छ ।
विस्तारित बैठकमा केन्द्रीय सदस्य डा. तोसिमा कार्की, केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठ तथा चितवन, झापा, रुपन्देही जिल्ला समितिले फरक मत पेश गरेका थिए ।
रास्वपाको विस्तारित बैठकले देशमा बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि ध्रुवीकरण अपरिहार्य रहेको भन्दै समान विचार भएका परिवर्तनकारी शक्तिहरूसँग संवाद, सहमति र सहकार्यमा जोड दिन केन्द्रीय समितिलाई विशेष आग्रह गरेको छ ।
प्रतिक्रिया