काठमाडौँ । महावीर पुनले नेपालीहरुको साझा सम्पतिहरु, महत्वपूर्ण पूर्वाधारहरूमा आगलागी नगर्न आग्रह गरेका छन् ।
पुनले सामाजिक सञ्जालमा लेख्दै भ्रष्टचारी नेता र झोलेहरुको घरबास र गाडीहरु जलाए पनि सबै नेपालीहरुको साझा सम्पतिहरु, महत्वपूर्ण पूर्वाधारहरू, सञ्चारका पूर्वाधारहरु जस्तै डेटा, डेटा केन्द्र, इन्टरनेट, सञ्चार पूर्वाधार, विद्युत केन्द्र, पानी आपूर्ति, अस्पताल र सरकारी कागजातहरू नष्ट नगर्न आग्रह गरेका हुन् ।
उनले भनेका छन्-
जेनजीका आन्दोलनकारी भाई बहिनीहरुलाई अनुरोध भ्रष्टचारी नेता र झोलेहरुको घरबास र गाडीहरु जलाए पनि सबै नेपालीहरुको साझा सम्पतिहरु, महत्वपूर्ण पूर्वाधारहरू, सञ्चारका पूर्वाधारहरु जस्तै डेटा, डेटा केन्द्र, इन्टरनेट, सञ्चार पूर्वाधार, विद्युत केन्द्र, पानी आपूर्ति, अस्पताल र सरकारी कागजातहरू नष्ट नगर्नु होला भनि बिनम्र अनुरोध गर्दछु ।
प्रतिक्रिया