×

राष्ट्रपति पौडेलको जेनजीलाई वार्तामा आउन आह्वान

images

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीलाई आन्दोलन छोडेर वार्तामा आउन आह्वान गरेका छन् ।

राष्ट्रपति पौडेलले एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेका हुन् । आन्दोलनरत जेनजीहरूको मागबमोजिम मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको भन्दै उनले वार्तामा बसेर संवादमार्फत समाधान गर्ने सकिने भएकाले संयमित हुन र मुलुकलाई अरु क्षति हुन नदिन आग्रह गरेका छन् ।

 

मङ्गलबार २४ भदौ २०८२ ०८:४९ PM मा प्रकाशित

प्रतिक्रिया