×

कस्तो छ आजको मौसम पूर्वानुमान ?

images

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित रहेको जनाएको छ ।

हाल देशभर साधारणतया बदली रहेको छ भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हल्का र थोरै स्थानहरूमा मध्यम वर्षा भईरहेको छ । त्यस्तै लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टा मनसुनको समय भएकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।

शनिबार २५ साउन २०८२ ०८:३१ AM मा प्रकाशित

प्रतिक्रिया