×

चन्द्रागिरि नगरपालिकाका २२ सामुदायिक बिद्यालयमा भूकम्प प्रतिरोधी भवन निर्माण 

images

काठमाडौ- चन्द्रागिरि नगरपालिकाका २२ वटा सामुदायिक बिद्यालयको भवन भूकम्प प्रतिरोधी बनाइएको छ ।  आइतबार काठमाडौको नैकापमा आयोजित नेपाली काँग्रेस चन्द्रागिरि नगर कार्य समितिको प्रथम नगर सम्मेलनमा नगरका २२ वटा सामुदायिक विद्यालय भवन आधुनिक ढाँचामा भूकम्प प्रतिरोधीरुपमा निर्माण गरिएको जानकारी दिइएको हो ।

नगरपालिका भित्रका २४ वटा सामुदायिक बिद्यालय मध्ये २२ वटा सामुदायिक विद्यालय अब भूकम्प प्रतिरोधी बनेका छन् ।  सामुदायिक बिद्यालयको माग अनुसार सीसीटीभी, कम्प्युटर ल्याब लगायतका शैक्षिक  सामग्री उपलव्ध गराइएको छ ।

चन्द्रागिरि नगरपालिका भित्र रहेका सम्पूर्ण समुदायिक विद्यालयहरुमा मन्टेश्वरी कक्षा सञ्चालनको लागि आवश्यक पूर्वाधार निर्माण गर्न बजेटको व्यवस्थापन समेत गरिएको र सबै सामुदायिक विद्यालयहरुका लागि आवश्यक पर्ने प्रविधि मैत्री सामग्रीहरु उपलव्ध गराउने कार्य पनि अन्तिम चरणमा पुगेको जानकारी कार्यक्रममा दिइएको थियो ।

यस्तै नगरपालिका भित्र जर्मन सरकारको सहयोगमा करिव १ अर्बको लगानीमा प्रसुति अस्पताल निर्माणको अन्तिम चरणमा रहेको जानकारी पनि दिइएको छ ।  नगरपालिकाले बिभिन्न अवधिमा सुरक्षा, समाजिक पूर्वाधार ,जेष्ठ नागरिक सामाजिक विकास, सडक पूर्वाधार विकास खेलकुद, फोहोर मैला व्यवस्थापन, कृषि, सिप विकास ,पर्यटन पूर्वाधार , विपत् व्यवस्थापन र आकस्मिक उपचार लगायतका क्षेत्रमा  गरेको प्रगति विवरण पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो । 

आइतबार​ २६ चैत २०७९ ०५:३२ PM मा प्रकाशित

प्रतिक्रिया