काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको अभियोगमा महरासहित २८ जना व्यक्ति र एक कम्पनीविरुद्द भ्रष्टाचारको मुद्दा दायर गरेको हो । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डका विश्वास पात्र मानिएका महरा पूर्व सभामुख हुन् । उनीहरुलाई जनही ८ करोड बिगो माग दाबी गरिएको छ ।
महराको भेपबाट हुने सुन तस्करीमा संलग्न चिनयाँ नागरिकसँगको सम्बन्ध र कारोबार खुलेपछि अख्तियारले मुद्दा लैजाने निर्णय गरेको हो ।
चिनियाँ गिरोहले २०७९ मा भेपको आवरणमा सुन भित्राउन खोज्दा भन्सारले पक्राउ गरेको थियो । महराविरूद्ध यसअघि गत असोज २७ गते जिल्ला अदालत काठमाडौंमा पनि मुद्दा दर्ता भएको थियो। उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइएको थियो। उच्च अदालत पाटनले महरालाई गत मंसिर ११ गते २० लाख धरौटीमा छाड्न आदेश दिएको हो।
प्रतिक्रिया