×

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा वातावरण प्रदूषण गरेको भन्दै काठमाडौ महानगरले राप्रपालाई तोक्यो एक लाख जरिवाना

images

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (आइतबार) पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनका क्रममा वातावरण प्रदूषण गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक लाख जरिवाना तोकेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आयोजित कार्यक्रम क्रममा विमानस्थल, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रमा भौतिक क्षति पुग्नुका साथै जथाभाबी फोहोर गरिएको भन्दै काठमाडौं महानगरपालिकाले राप्रपालाई एक लाख जरिवाना तिराउने निर्णय गरेको हो ।

महानगरद्वारा राप्रपा कार्यालयलाई प्रेसित पत्रमा भनिएको छ —प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरि वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,०००/०० (अक्षरुपी एक लाख) जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ ।

आइतबार​ २५ फागुन २०८१ ०९:३५ PM मा प्रकाशित

प्रतिक्रिया